Tuesday, January 1, 2013


बदमाश छ यो दिल, जति भने पनि मान्दैन
बेकाबुमा छ यो किन, तिमी बिना अरु छान्दैन

कुनै दिल माया खेल्छ ,कुनै दिल माया झेल्छ
माया गर्छ तिमि संग यो, अरु केही पनि जान्दैन
 
बिर्सु भन्छु झन झन, सम्झनाले सताउछ
ठान तिमी जे ठान्छ्यौ दिल यो त पराइ ठान्दैन

सुन चाँदी ,हिरा मोती सबै फिका लाग्छ अब
मेरो लागि सबै तिमी, यो मन केहीले नि तान्दैन

तिम्रो यादमा कहाँ कहाँ पुग्छ यो मन अचेल
फुकेको छ यो दिल  यसलाई केही ले नि बान्दैन




No comments: