Saturday, January 5, 2013


धर्म शास्त्र कण्ठ थियो लाग्थ्यो ॠषि मुनी थियो
संगत पछि थाहा भयो एक नम्बरको खुनी थियो

तर्क भने यस्तो गर्थ्यो मै हुँ भन्ने पार लाग्थे
बिदुर जस्तो सबले भने तर उत सकुनी थियो

बोली भित्र गोली बेच्थ्यो पत्तै नपाई मृत्‍यु किन्थे
हुन पनि मिठो बाणी मनै भित्र छुनी थियो

No comments: