Friday, February 3, 2017

नजर जुध्दा झुक्न परे अर्कै बाटो फेरे हुन्छ
मुटु भित्र जेजे छन बाँकी सबै केरे हुन्छ

जहर भन्थ्यौं रहर भो चढछ यो प्याला भरी
लत न हो ढले भने नचिने झै हेरे हुन्छ

अर्को संग साट्यौ मन फाट्यो छाती यता मेरो
बिझाए म अब अरु कसैलाई बेरे हुन्छ

झुक्किएर खोजेछ भने तिम्रो मुटुले मलाई
नछिरोस याद चारै तिर मुटु घेरे हुन्छ

No comments: