Sunday, February 19, 2017

उठाउ म कसो यो जिन्दगी आँफै ढलेकोछु
न बढछ पाइला नै अगाडि यो म गलेकोछु

धूँवा नआएर के भो बल्न त बलेकै छ यो
छामी हेर छाती मेरो भित्र भित्रै जलेकोछु

गहबाट झरे पछि मुर्झाएका ति मायाका थोपा
खोटो सिक्का सरि भाछु न म कतै चलेकोछु

खुशीको यो अभिनयमा फगत यो हाँसो भिरी
छल्न सके कोही या म आँफैलाई छलेकोछु

No comments: