Monday, August 28, 2023

 मेरो खुशी तिमीसित छ त्यो पनि खोस्न खोज्छयौ

मैले फुल बिछ्याउन खोज्दा तिमी काँडा रोज्छ्यौ 


मेटिउ म आँफै बरु तिम्रो खुशी लेखु भन्छु 

तिम्रा वरपर मेरो आफ्नै जीवन देखु भन्छु 

तिम्रा आँखा रसाउदा मेरो मन नि कुडिन्छ

चोट लाग्दा तिमीलाई मेरो मुटु नै चुडिन्छ 


भोको छु म पनि पिरतिमा तला थपु भन्छु 

देउता बनाइ तिमीलाई तिम्रै नाम जपु भन्छु 

पन्छाउन सकुँ खुशी छेक्ने तिम्रा बाटाहरु 

तिमी भित्रै थुनिएका पिरका ज्वारभाटाहरु

No comments: