Tuesday, January 2, 2024

 न म घाम उदाएको न अस्ताएको देख्छु 

मेरो खुशी नि नियतीले निभाएको देख्छु 


न म घाम अस्ताएकोना उदाएको देख्छु 

मेरो जिन्दगीको गति सुस्ताएको देख्छु


अचेल किन उजाड छ यो मनको बगान 

बसन्तमा पनि फुलहरु मुर्झाएको देख्छु 


कस्ले चलाउछ कुन्नी यो जिन्दगीको गति

जता पुराउछ तेतै अन्धकार छाएको देख्छु 


चाहनाका सिमा कस्ले थुन्छ बेखबर छु म 

मेरा त सपना नि लगाम लगाएको देख्छु


अलिकती जोश मनमा हुर्केनै नपाई किन 

दायाँ बायाँ आफ्नै छाँयाँले झस्काएको देख्छु

No comments: