Wednesday, January 24, 2024

 मन्दिर पनि तिमी मेरो तिर्थ धाम पनि तिमी 

तिमी सँगै शान्ती मिल्छ मेरो राम पनि तिमी 


खुदा प्रभू देउता देखावामा जति जपे पनि 

मेरो अन्तर मनले जप्ने नाम पनि तिमी 


कठ्याङ्रिदा यो मन स्नेहले बेर्दै बेर्दै फेरि           

मलाई आनन्दको न्यानो दिने घाम पनि तिमी 


यो घरतीमा कस्ले देखेको छ र स्वर्गलाई 

मेरो त गाम बस्ती र स्वर्गको ठाम पनि तिमी 


शब्दले के ढकिन्थ्यो र लेख्नु प्रेम पत्र माया 

चुमेर नि नलेखेको चिट्ठीको खाम पनि तिमी 


No comments: