Wednesday, January 10, 2024

पानी पर्‍यो दर्की दर्की फोका उठी उठी 

तिम्रो हाँसो मेरो लागि सन्जिबिनी बुटी 

हेराइमा के छ तिम्रो जादू हो कि टुना 

सबै तिर तिमी पस्यौ मन्को छेउकुना 


घाँसको भारी खोला तारी पुराइ गाई गोठमा 

केलाई लाउनु लाली पनि रसिलो यो ओठमा

जोगी आई फिरी लायो घरै घुमी घुमी 

आउन भुन्टे लैजाउ चाडै यै ओठमा चुमी 


गहुँ चुट्ने ढुङ्गा माथि धान झार्ने खलो 

आउ जोत बाँझो दिल्मा पिरतिको हलो 

मकै भुटी गुन्द्रुक साँधी खाऔ सँगै खाजा 

दुइटा मुटु एउटै पार्यौ  ढुकढुकी चै साझा

No comments: