Tuesday, January 16, 2024

 हाल के सोधेथेँ, मुस्कुराएर शब्दले बोल्यो 

म बोलेको थिइँन ,फेरि सारा राज खोल्यो 


तिमी तिमीसितै थियौ, म कुन धूनमा थिएँ 

बेसुरमा पनि मनले एक मिठो लय घोल्यो 


अचेल किन विपरीत बग्छन यी खुसी पनि 

फुलले त घोच्यो घोच्यो जूनले  नि पोल्यो 


रुमानी सपना बोकी जिस्काउँछ किन हावा 

न सक्छु दिन केही, किन यी पाउ मोल्यो?

No comments: