Wednesday, June 24, 2015

तिमी बिनाको जिन्दगी अब,बाँच्नुको के अर्थ भो र
ढले ढलोस यो लाश मेरो ,साँच्नुको के अर्थ भो र

न छ सरगम सुरमा न छ ताल लय जिबनको
बेसुरको राग अलाप्दै, नाँच्नुको के अर्थ भो र

हिरामा टलक हुन्छ,जलप हुन सक्ला काँचमा
एकै देख्यौ काँच र हिरा,दाँज्नुको के अर्थ भो र

अतितका केही पलनै मेरा भए यादको लागि
मेरो खुशी अन्तै गयो हाँस्नुको के अर्थ भो र

No comments: