Wednesday, June 17, 2015

हे !भगवान किन पिडा दिन्छस मेरो जुनलाई
दे बरु मेरो खुशी मन्जुर छ म आँफै रुनलाई

आस्था होस नहोस बरु टेकी दिम्ला माथा पनि
सक्छस भने सुन्दे पुकार दिनु सबै खुशी उनलाई

उनी दुख्दा छाती जल्छ धिकारछु आँफैलाई
सुमसुमाउन मन लाग्छ न सक्छु फेरी छुनलाई


कुन जुनिको पाप थियो किन पराइ भए म
के गरु भन्दे दैब अर्को जूनी उन्को हुनलाई

No comments: