Friday, June 19, 2015

यती धेरै माया गर्दा ढुङ्गा पनि पग्लिन्थ्यो होला
तिम्ले मलाई बुझ्या भए हाम्रो माया अग्लिन्थ्यो होला

धम्लिएको छ तिम्रो मन उस्को मन संग मिसिएर
मेरो माया सुन्य भए तिम्रो मन नि सग्लिन्थ्यो होला

तिम्रो यदले रात जाग्छ भोक बिर्सिन्छ पेटले नि
मेरो हालत बाँच्या भए तिम्रो आँखा नि छल्किन्थ्यो होला

पलपल ईशारा गर्छ मृत्‍यु किन अचेल मलाई
ब्युताइ दिए मेरो आश बाँच्ने रहर सल्टिन्थ्यो होला

No comments: