Wednesday, June 10, 2015

तिम्रो त उ छँदै छ क्यारे, मेरो आँसु झरेर तिम्लाई के
ठाम छैन मन्मा अब त तिम्रो ,मैले माया गरेर तिम्लाई के

मेटिन्थ्यो किन आँसुले प्यास यो छाती जल्दै छ
दर्किन्छ आँसु निभ्दैन आगो झन झन पो बल्दै छ्    
जोडीन्न आँखा छ तुफान मन्मा नछ भोक र प्यास
कसरी कट्छ लंगडो जिबन अब त लाग्छ आँफैमा अत्यास

बिर्सि त सक्यौ यो दिल्को बाटो ,बाटोमा फुल छरेर तिम्लाई के
म ढल्न सक्छु म गल्न सक्छु म जिउदै मरेर तिम्लाई के

घाऊ बनाइ दुख्यो कि भन्छ्यौ पिडा तिमीले बुझेकी छनौ कि
जरुरत पुरा भै राछ तिम्रो आँसुले म झै रुझेकी छनौ कि
कसरी  दुख्छ कसरी पोल्छ यो मुटु बलेर दन्दनि
दुई पाइला चाल्न के खोज्छु म संसारै घुम्छ फान्फनि

No comments: