Thursday, May 21, 2015

जिन्दगीनै नै हारी सके ,तिमी तिम्रो खुशी जित
 शुभकामना मेरो तिमीलाई, सुखी हुनु उसै सित

दिल्मा बिझ्या काँडा रैछु, झिक्दा हल्का भयो होला
तडपी तडपी बाँच्या छु म ,बल्ल चित्त बुझ्यो कि त

शुन्य छन तिमी बिना ,यि पलहरु बेजान होलान
अकालमै मृत्‍यु भयो बेवारीस भो मेरो प्रित

कैले भिज्छ सिरानी त रुज्छ संगै मन
छपिएका छन नलेखेरै छाती भित्र धेरै गीत

पर्दा अघी म नै थिए पर्दा पछि कोही रैछ
अबोध बनि छुरा हान्यौ न बुझियो पिरती को रित

No comments: