Wednesday, May 27, 2015

तिमीलाई दु:खाउने मेरो कुनै रहर छैन
अतितले पिछा गर्छ भागने कुनै शहर छैन

सम्झ य नसम्झ यो त तिम्रो मनको कुरा
मैले चाँही नसम्झेको कुनै त्यस्तो प्रहर छैन

बीर्सु भन्छु पुराना घाऊ झन बल्झी पिडा दिन्छ
यादलाई मार्न सक्ने संसरमा जहर छैन

आँफै संग भागी रैछु नछ लक्ष्य अब
भर के भो जिन्दगीको कहाँ पुग्छ ठहर छैन

नत सक्छु देखाउन छाती चिरी मेरो माया
बेतुक छन मायाको शेर मिलेका बहर छैन

No comments: