यसै त छन यहाँ कति पाए मेरो खोइरो खन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने
तिम्रै मात्र आश थियो त्यो नि आज लास भयो
रंगिन बन्यो तिम्रो दुनिँया मेरो ऊठि बास भयो
भात्किएको मनलाई को हुन्छ र फेरि बन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने
मैले लाको माया शायद पलाँसको फुल भयो
बस्ना खोज्या रैछौ तिम्ले मेरो ठुलो भुल भयो
तिम्रा लागि होलान कोही दिन्मै जुन तारा गन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने
तिम्रो मेरो कथा एकै पात्र किन फरक भयो
झूटो चोखो के थ्यो माया नत कुनै परख भयो
फुल रोज्यौ काँडा रैछु होस् तिम्रो जिबन धन्य
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment