Friday, May 22, 2015

जति मलाई रुवाए नि तिमीलाई पाप नलागोस
आत्मै देखि दुवा दिन्छु कसैको सराप नलागोस

जोडीएर कतै मेरो नाम तिमीलाई गर्हो पर्ला
जे जति भो अब देखि बदनामी छाप नलागोस

दुर्घटना सम्झी हाम्रो कथा भए जति बिर्सी दिनु
ताकि कोही हात थाम्न आए फेरि संताप नलागोस

म अस्ताए तिम्रो लागि उदाउने त अझै होलान
मन छुने मान्छे खोज्नु कसैको करकाप नलागोस



No comments: