Sunday, February 13, 2022

 प्रणय !!


रातो गुलाफको गला 

न त कुनै प्रपोज 

न त कुनै अालङ्गिन

न त कुनै उपहार 

न त कुनै तामझाम 

मनको कुनामा झाङ्गिएका

तिमी प्रतिको मायालु अनुराग 

तिम्रा आँखालाई सुनाउन 

मलाई कुनै पर्ब 

कुर्न पर्छ जस्तो लाग्दैन 


आयातित राता बस्त्रको अस्त्रमा 

रमाएका भ्यालिन्टाइनहरु 

कति चाडै फस्टाएर 

तिम्रा गाम बस्तीहरुमा 

परास्त गर्दैछन 

अर्गानिक मायाका सुमधुर लयहरु 

अलापी रहेकाछन 

बेढंगका बेसुरा मायाका धूनहरु 

तर 

यि सबबाट बेखबर म 

मन भरी प्रणय बोकी 

तिम्रो मन सम्मको दुरी 

मायाको कम्पनबाट छुदै 

सधैं मनाइरहेकोछु 

प्रणय दिवस !

No comments: