Friday, November 22, 2013

हामी बिचको दुरी नबढेको भए
बेलैमा तिम्ले मुटु यो पढेको भए

न कोइ आउथ्यो जीबनमा पराइ
न पर्थ्यो बाँच्न अरु संग डराइ
बगे होलान रहर तिम्रा आँसुका भेलले
लड्यौ कि जिन्दगीबाट भाग्यको खेलले

धनको माद मात्र नचढेको भए
मन संग मुटु यो जडेको भए

न पर्थ्यो बाँच्न परिचय हराइ
न दुख्थ्यो घाऊ चराई चराइ
जागे होलान कति रात अनिदा भएर  
बग्यौ होला शायद तिमी यादमा अल्झेर

No comments: