Wednesday, December 4, 2013

तिमीलाई पनि रिस उठछ ,उठछ मलाई पनि
बल्छ्यौ तिमी पर्छ मैले निभाउन त्यसलाई पनि
जती बल्छ्यौ त्यती चाडो बल्दैन सलाई पनि

बुझ्दिनौ कि,अटेरी तिमी नचाहिने जिद्दी गर्छ्यौ
कहिले कसो गाली गरे त के भो गर्छु भलाई पनि

झर्को फर्को तिम्रै ठुलो परे बेच्छ्यौ आँसु तिमी
जती दुखोस् हाँस्नै पर्छ मैले त मुटु जलाई पनि

भर छैन मेरो सुन्छ्यौ अरुलाई गुन्छ्यौ अरुलाई
न सक्छु लेराउन धारमा फकाइ ललाई पनि

No comments: