Saturday, December 14, 2013

मेरो पनि रहरहरु होलान तिमीले नि देख्न नसकेका
कति त्यागे तिम्रै लागि छन अझै कति फेक्न नसकेका

सम्झौता हो या बाध्यता साथ चल्ने अनुमती तछ तिमी संग
बुझेनौ कैले मेरो मन बगे आँसु मनले नि छेक्न नसकेका

कस्ले लेख्यो जिबन कथा कस्ले गर्‍यो पात्र चयन मेरा लागि
काहानीमा मेरो पनि थिए होलान पात्र कही लेख्न नसकेका

बेग्लै सोच,बेग्लै खोज शायद बढ्यो दुरी हामी बिच पनि
कति बोक्नु जिन्दगीमा धेरै छन बोझहरु थेग्न नसकेका

भाग्यले हो कि ठगेको, भाबीले छेक्यो खुशी छुने बाटो पनि
कस्तो बाटो मिल्यो मलाई धेरै थियो बाटा मैले टेक्न नसकेका  

No comments: