Tuesday, October 18, 2011

तिमीलाई दुख्दा छुन नमिल्ने यि हात भएर के गर्नु
सुन्दैन रे उसले तिम्रो कुरा ,उ साथ भएर के गर्नु

पराइ भनु आफ्नो लाग्छ,आफ्नो भनु बात लाग्छ होला
न छुनै सक्छु,न सम्झी रुनै,इच्छाको खात भएर के गर्नु

मन मिलेर नि बग्न नसकेको अधुरो माया भो हाम्रो
तिमी बदलिएकी छ्यौ संगै संगै रात भएर के गर्नु

तिम्रो हेराइमा कति माद थियो, कति उन्माद थियो
अचेल निरश छ्यौ तिमी म मा मात भएर के गर्नु

No comments: