Tuesday, June 21, 2011

म हुनु र नहुनुमा के फरक पर्छ होला
हदै भए आँखाबाट दुई थोपा झर्छ होला

मेटिदै छु र त भट्टी भट्टी भेटिदै छु
बोझ थिए म मेटिए तिम्रो गर्जो टर्छ होला

फुललाई बागको के कमी एक नपाए अर्को
यस्तै रैछ रित तिम्रो अर्कै बाग सर्छ होला

No comments: