Sunday, June 26, 2011

तिमी जहाँ खुशी त्यहाँ सधैं तिम्रै हुन पाउ
हर घडी साथ भई तिम्रा दु:ख छुन पाउ

तिमीलाई ठेस लाग्दा मलाई दुखोस बरु
हाँस्न बिर्सें बिर्सु म नै, तिम्रा आँसु रुन पाउ

तिम्रो चित्त दुख्दा मेरै मन फाँटे फाँटोस
एक एक गरि तिम्रा पिर ब्यथा धुन पाउ

तिमी खसाल्दै छ्यौ जती, उती म बसाल्दै छु
निभेको छु, सक्छु भने अलिकती जुन पाउ

No comments: