Wednesday, February 23, 2011

सबै बाटा बन्द थिए म रोए छटपटाइ
तेसै दिन भगवान मर्‍यो के हुन्थ्यो कराइ

कहाँ हुँदो रैछ यहाँ दु:ख थाप्ने साथी
थेग्नु पर्दो रैछ आकाश खस्ता आँफै माथि
चर्क्या छाती चर्की रह्यो के हुन्थ्यो र सुम्सुमाइ
तेस्सै दिन भगवान मर्‍यो के हुन्थ्यो र कराइ

कहाँ पाइदो रैछ मुक्ती खरानी घसी
न मिल्यो कतै भाग्य सच्याउने मसी
साथ भरी घात बिझ्यो आफ्नै भए पराइ
तेसै दिन भगवान मर्‍यो के हुन्थ्यो कराइ

तिमी हार्दाको चोट आँखामा तप्किन्छन
जलेको छ छाती आगो अझै लप्किन्छन

No comments: