Thursday, February 17, 2011

मान्छेलाई मान्छेको नै यहाँ किन डर लाग्छ
देखिदैन देब, फेरि किन उसकै भर लाग्छ

शंकाले लन्का पिटछ,चिन्ताले चिता खन्छ
बिश्वासको धागो छिने पछि सबै पर लाग्छ

कति मन आस माग्छन कति प्यास माग्छन
बास माग्नु कता तिम्रो मुटु मेरो घर लाग्छ

म टुटनु र फुटनु भाग्यको खेल हुन सक्छ
मेरो खुशी तिमी हाँस किन यस्तै र'र लाग्छ

No comments: