Thursday, February 10, 2011

आँखा भरी रसाका छन यादहरु रोक्न नि सकिएन
जिन्दगी नै भारी भा छ अचेल त बोक्न नि सकिएन

पूजा गरे तिम्रा लागि बरदान दियो अरु कसैलाई
ढुङै रैछ मुर्ती पनि देब भनि ढोग्न नि सकिएन

म किनरा नपाइ डुबे माझधारमा तिमीले छाड्यौ
हेर्दा शान्त थियो धार गहिराइ जोख्न नि सकिएन

बिझ्छ छातीमा पुराना ति पल फेरि जतन गरी राछु
हद कति थियो माया भित्र सिमा तोक्न नि सकिएन

No comments: