Sunday, February 6, 2011

अलिकती खुशी मागे आँसु मिसाएर दियौ
दिलको के कुरा गर्नु मुटु चिसाएर दियौ

साधक थिए साधनामा थिए श्रदा नै मागे
पूजाको फुल बेकाम भो जुठो भिजाएर दियौ

आकार देउ भने लगन बिचलन भो कि
बल्ल बल्ल बनाएको आधार किचाएर दियौ

रुप अनि बानी,आगो र पानी पो थियो कि
श्पर्शको लालशा थियो घाँटी थिचाएर दियौ

No comments: