Friday, August 12, 2011

बिछिप्त भाछ यो मन अनि पो पोखिदै छु म
लीलाम गर्‍यौ तिमीले अनि पो जोखिदै छु म

बिना बादल कसरी आयो कुन्नी आँधी हुरी
समयको भेल संगै जथाभाबी ठोकिदै छु म

लछारिनु पछारिनु भाग्यको खेल हो कि
बेवारीश लाश झै यत्रतत्र बोकिदै छु म

तिमीले झै हर कथाको पात्र फेरिन मैले
मनै मानेन एकै काहानी भित्र रोकिदै छु म

No comments: