Saturday, August 20, 2011

छल्काएर कती कुरा तिम्रो आँखा बोल्दो होला
सकिन कि बुझ्न मैले मनको पिर खोल्दो होला

आर्का घाऊ कसलाई दुख्छ र सुमसुमाउन पनि
भाग्य सम्झी सम्झी रोला मन थुमाथुमाउन पनि

मनको घाऊ दुख्ला तिम्रो मुटु कती पोल्दो होला
छल्काएर कती कुरा तिम्रो आँखा बोल्दो होला

उडदो होला त्यो मन पखेटा नै कटिदा पनि
सहदै पर्दो रैछ तिमीले टेक्ने धर्ती फाँटिदा पनि

No comments: