Thursday, August 11, 2011

यसै पनि राम्री छ्यौ तिमी त लाखौं हजारमा
तिम्रा लागि फिका सबै के किनु म बजारमा

जब जब देख्छु तिमी किन किन यस्तो लाग्छ
फुर्सदमा तिमी बन्यौ बाँकी अरु हतारमा

तिमी हाँस्दा गुरांस फुल्छ मनको बनै भरी
अब किन चाहियो फुल र खोजु बहारमा

हिरा मोतिको मोल हुन्छ तिम्रो हाँसो अमुल्य
मुस्कान नै काफी हुन्छ पाए त उपहारमा

No comments: