Thursday, December 29, 2011

काश !ति पुराना पलहरु, फेरि दोराउन पाए
तिमी संग साथ बिताउने ,भाग्य कोराउन पाए

दुङालाई पनि देब भन्थे,माथा टेक्थे मुर्तिको नि
तिम्रा दु:ख सुखमा साथ भै ,जिबन डोराउन पाए

बदमाश छ मन झन झन ,अझै बदमाश हुन्थे
तिम्रा भागका अलिकती ति ,पल चोराउन पाए

कति आए उकाली ओराली ,आउला अझै कति
भाग्य ठान्थे तिम्रा पथका पहरा फोराउन पाए

No comments: