Saturday, December 24, 2011

हरपल हरघडी हिडनै पर्ने यो टेडो जिन्दगी
चाहेर या नचाहेरै बग्नु पर्ने गल्छेडो जिन्दगी

कति बुने सपनाका घरहरु बिपनामै टुटे
एउटा सोच्यो अर्को हुने कस्तो रैछ बखेडो /जिन्दगी

आफु भलो जगत भलो हुन्न रैछ सोचे जस्तो यो
सिधा हेर्दा बांगो देख्ने अजिब छ यो डेडो जिन्दगी


बाँच्नैको लागि बाँचेको हुँ कि बाँच्नु बिबशता मेरो
चुस्दा चुस्दै निख्रिएको लप्सि पो हो कि गेडो जिन्दगी

धिक्कार्छु जन्मिएर बोझ भए कि देशको म पनि
लैलैमा नै पछि लाग्ने बिना सोचको यो भेडो जिन्दगी

No comments: