Wednesday, April 13, 2011

नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउछ्यौ कि
बेसुरमा छ रे देश एक शुर लिएर आउछ्यौ कि

कतै छिटा रगतका, गन्ध कतै बारुदका छरिए रे
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउछ्यौ कि

पाइला पाइला हाबी भयो ,कपट निती भन्छन
सकुनीको बिगबिगी भो रे ,बिदुर लिएर आउछ्यौ कि

घडा त्यो पापको भरिदा पनि चुप छ जगत सारा
सेक्नु पर्‍यो पुर्पुरो पापीका,उजुर लिएर आउछ्यौ कि

मेरो प्यारो धरा बिचरा पारीदै छ अरे चिरा चिरा
मन मिलाउने बिचारको नुर लिएर आउछ्यौ कि

No comments: