Friday, April 1, 2011

हुने भए घोटनु हुन्थ्यो माया चिन्ने कसी
आत्मा साक्षी राख्दा पनि खोज्ने थिनौ दसी

हाँस्न मैले हुन्न कि त पाए कर्म यस्तै
सक्ने भए पुछ्थे बरु भाग्य लेख्ने मसी

मुटु फोडने खेल खेल्छ्यौ भन्ने जान्या भए
रुनु पर्ने थेंन आज तिम्रो जालमा फसी

संगै बांच्ने कसम खा थ्यौ देब देउता भाकी
बोल्दो रन्छ कहिँ मुर्ति हाँस्यो मौन बसी

सहनुले सिमा नाघ्यो ब्रज खस्यो मनमा
सबै खुसि कता लग्यो आज आसु पसी

No comments: