Friday, September 19, 2014

मेरो जस्तै तिम्रो पनि रात जागा हुँदो हो कि
बितेका ति पल सम्झी तिम्रो मन नि रुँदो हो कि

बहकियो होला मन मेरो जस्तै तिम्रो पनि
गल्तिको महसुसले तिम्लाई नि छुँदो हो कि

तिमी जितेरै हार्‍यौ म त आँफै नि हारेको मान्छे
आबेगको फैशला थ्यो सम्झी सताउँदो हो कि

न भो खुशी बसमा न सक्यौ फाल्न दुखै पनि
बेदनाले पोले पछि कसै संग बह फुँदो हो कि

No comments: