Monday, May 10, 2010

बगे कति मेरा आँसु तिम्रो साथ छुटे पछि
किन आयौ यति खेरा मुटु फेरि फुटे पछि

चर्की चर्की दुख्छ छाती हर दिन हर राती
यस्तै हुदो रैछ क्यारे मनको नाता टुटे पछि

दिन पनि रात भयो अंधेरोको राज भयो
तिम्रो लागि साँच्या माया अरुले नै लुटे पछि

संग संगै खोप्या चिनो झिनो भयो जस्तो लाग्छ
जथाभाबी दिललाई आर्का मन्ले खुटे पछि

बन्द खाम बन्दै होस् बेर्थ हुन्छ अर्थ अब
आँट कहाँ खोल्न शब्द शब्दले चुटे पछि

No comments: