सबै तिर लुटिए पछि,आँखाबाट पोखिए म
दुई कदम संगै के हिंडेथे, बेसरी ठोकिए म
फुलै बिझ्न थाले पछि काडा बिचरो भयो
दु:खाइमा होस कहाँ, नसोध किन झोकिए म
जिन्दगी तिमी साथ हिडोस यही चाह थियो
तिमी बेग मारी कता पुग्यौ,बिचमै रोकिए म
कहिले रत्न भए कहिले पथ्थर यस्तै भयो
अनुरागमा दाग लाग्यो कौडिमा तोकिए म
मोल मोलाई धेरै भो तिमीले छाडे देखि
लाग्छ समान सरि लीलाममा जोखिए म
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment