Tuesday, December 7, 2010

दुनियाको त कामै, कुरा काटने काटन देउ
जुनी जुनी साथ दिन्छु म मुटु साटन देउ

मायाको धागो विश्वाशले बाँधछु म
नफुक्ने गरी हाम्रो साईनो बाटन देउ

अलिकती तिमी गल्ती गरे झै गर्नु बरु
माया मिसाएरै सही, हलुका झाटन देउ

बगेर जाला आशाका किरण अधरबाट
थुन्न हुन्न धेरै मनको बाँध फाटन देउ

No comments: