Saturday, June 19, 2010

संसार हो साथी मान्छेले ढुङो नि देउता बनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन


भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

संस्कार सिक्न बिर्सें कि कुरिती भित्र रुमल्लिदै
उडे पनि उडोस् छारो त्यो आफ्नैले आङ कनाउछ्न
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

कठैबरा ! हाम्रो यो धरा किन भो दुर्घन्ध यतिखेरा
नहोस नि किन यहाँ त मान्छेकै बोली गनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

No comments: