Wednesday, June 16, 2010

जिन्दगी हिसाब माग्छ घटाऊ भने नि तिमीलाई
बन्धकीमा छ यो मुटु अटाउ भने नि तिमीलाई

बिधान बिधिको कस्तो सोचेको एउटा लेखियो के
निभेको छु म उज्यालो खटाउ भने नि तिमीलाई

स्वार्थले घेरेको छ कि घेरिए बन्धनको पासोमा
आत्माले धिक्कार्छ कि हटाउ भने नि तिमीलाई

मायाको साधना गर्छ्यौ तिमी म बुझ पचाउछु
पापको भयले पोल्छ ठटाउ भने नि तिमीलाई

जिबन खातामा छाप अमिट छ नशा नशा भित्र
सकिन सक्तिन होला कटाउ भने नि तिमीलाई

No comments: