सोचेको थिइन परदेशमा म पनि भासिन्छु
स्वाभिमानै बन्धकीमा राखी यसरी मासिन्छु
सपनाका शहरमा रहरहरु नि बाँझो भए
के थाहा खडेरी पर्छ भाग्यमा र म नासिन्छु
यो जिन्दगी पनि कति घिसार्नु कहाँ घिसार्नु
अघि बढदैनन पाइला लिसो छ कि टाँसीन्छु
बिर्सियो भन्छन माटो ताना मार्छन् आफ्नै मान्छे
पर्दा देश बोक्छु तर बिदेसीको हारमा गाँसीन्छु
सगोलमा छु भूगोलको रेखाले मनलाई छेक्दैन
भावनाको सिमा मिच्यो भन्दै किन फेरि तासिन्छु