Tuesday, February 4, 2025

आमा

 


उधारो रह्यो यो जुनी सकिन तिम्रो रिन तिर्न 

न सक्छु म अब आमा भनि भक्कानियर रुन 


ताजै छन यादहरु सोला बनि मुटु घोच्छ 

बेहोसीमा छु अचेल मन खै केके सोच्छ 

एक्लो भाछु म आमा कता कता हराउछु 

के भो यस्तो आफ्नै छायाँ सँग पनि डराउछु 



म दुख्दा सुम्सुमाउथे  तिम्रा कोमल हातहरु 

मेरा लागि बित्थ्यो कैयौ तिम्रा अनिदा रातहरु 

मलाई ठेस लाग्दा तिमी ऐया भनि रुन्थ्यौ 

सारा दु:ख कष्ट हराथ्यो जब तिमी छुन्थ्यौ 


धुमिल छन यादहरु मैले बाबा गुमाएको 

मेरो लागि तिम्ले भए भरको आसु सुकाएको 

तिम्रो फेरो समाएर हिड्थे म रमाइ रमाइ 

लरबराउथे जब म उथाउथ्यौ हात समाइ 



भोकभोकै बसी तिम्ले कती दु:ख कष्ठ गर्यौ  

मेरो खुशी जित्न होला  कतीचोटी जिउदै मर्यौ 

ओठ तालु सुक्थे तिम्रा जब हुन्थे म बिरामी 

सारा रात जागा हुन्थ्यो भिज्दथे तिम्रा सिरानी