पर्दा पछाडिको मान्छे
नाफा नोक्सानको हिसावमा तल्लिन
भद्र ब्यापारी
ब्यापार गर्छ केही थान
बेतुकका शब्दहरु
अनुकुल र प्रतिकुलको
अंक गणित
खोइ कुन हो सुत्रको
समायोजनमा
मिलान गर्छ
अनौठो समिकरणको
हिसाबहरु
अचेलको बजार न हो
बेचिन्छन बिचरा शब्दहरु
बिज्ञापनमा जलप लेपन गरेर
दरिद्र मनसिकता
भोको रहर
नागो आदर्श
सब बेचिन्छन सालीन लयमा
बस बेच्न जान्न पर्दो रहेछ
र उ जान्दछ
साहित्य भनेर शब्दहरु बेच्न
उ जान्दछ शब्दको ब्यापार बढाउन
उ जान्दछ अनुकुलका ब्यापारी खटाउन
र त
अचेल
मिठा शब्दहरु
कतै नेपथ्यमा बसी
तेही बेतुक शब्दको
अभिनयलाई
युगको आवाज
भन्दै
चुपचाप बसिरहेछन
र पर्दा पछाडिको मान्छे
निर्बाध शब्द बेची रहेछ
No comments:
Post a Comment