Wednesday, April 16, 2025

 मनले खोजेको खुशी 

सुट्टुक्क बोकेर 

उत्साहका ऊर्जाहरु 

नशा नशामा छर्दै 

नयाँ वर्षको यो आगमनमा 

तिम्रा हर यात्रा भरी 

शुभपलहरु मुस्कुराइरहुन 

जसरी तिम्रो सालीन मुस्कानमा 

उत्प्रेरणाका आभाहरु छरिएका हुन्छन 


मनले आँटेका कुराहरु 

मिठो संगीत जस्तै   

लयबद्द भएर 

गुन्जियोस एउटा सुगम धून 

जसरी तिम्रो मधुर बोलीमा 

मिठासका सरगम मिसिएका हुन्छन 


सुन्दर बिहानी लिएर 

झुल्कने घामको लालिमा जस्तो 

अलौकिक तेजस्वी सौन्दर्यमा 

दुनियाँ तिम्रो 

रूप ,गुण र आदर्शको उपमा खोजोस

जसरी तिम्रा सादगीमा 

अठोट आत्माबलका झिल्काहरु चम्किएका हुन्छन 


र म नयाँ वर्ष 

तिमी जस्तै 

मगमगायोस भन्छु 

मेरा मनका बागहरुमा

No comments: