Saturday, January 24, 2026

 मेरो रुख़ कार्बनडाईअक्साइड फालीरहेछ 


अक्सिजनको प्यासमा 

काकाकुल बनेको 

मेरो खन्डहर बस्ती 

एक झोक्का ताजा हावा नपाएर 

निसास्सिएको पनि धेरै भो 


प्रकृतिको निती र बिधान बिरुद्द 

बुढो कुरुप शहर

धुवा धूलो र तुवालोको जुलुसमा 

बिछिप्त भएको पनि धेरै भयो 


बिचरो भिडले थिचिएको 

अक्रान्त र शिथिल 

जवानीमै बुढो भएको यो शहर

उषाको लालिमा पोतिन नपाइ 

मुर्झाएको जवानी बोकेर झन 

पहेलिदै छ 


यही शहरमा किन हो 

यो आकाशको सुर्य पनि 

हर किरणमा बिकिरण छर्केर 

अवरुद्द गरिदिन्छ रुखलाई 

र भोक भोकै बस्छ 

एक गाँसको आशमा बसेको भोकमरी झै 


कुपोषित र बिशाक्त भोजनले 

जर्जर बनेको 

लय न मिलेका कुरुप रुखहरु 

भोकले रन्थनिदा 

निल्छन जे पायो तेही 


पथ्थरको बगरमा एकाध उम्रिएका 

मेरो तालुको छिटफुट कपाल जस्तै  


र त 

ओक्सिजनको साटो 

कार्वनडाइओक्साईड फालीरहेछ

 तीज 


मदिराको पेगहरुमा मातिएको जस्तो 

बेसुरमा बेशरमका लय मिसिएको जस्तो 

हरियो साउनलाई जिस्काउदै 

कृतिम हरिया चुरा पोते र पहिरणमा 

माइलीको वस्तिमा 

बिकृती बोकेर तीज छिर्न थालेको पनि 

धेरै भएछ 


उ सम्झिन्छे 

कोशौ पर माइतीको आगनमा 

दु:खजेलो गरी पाकेको दर 

र त्यसले बोकेको आत्मियता 

कामको बोझले थिलथिलिएको शरीर 

टुसुक्क बिसाएर 

रात भरी आमा सँग पोखेका 

दुखेसाहरु

र आमाका स्नेह बेरिएको श्पर्शले 

सुम्मुमाएका माथा 

अभावमा पिल्सिएका सपनाका बिस्कुनहरु 

आशाको आँचमा सुकाएर 

एकसरो खुशी नओसियोस भनेर 

बुवाले थपिदिएको उर्जा र भरोशा

एउटा प्यासीले प्यास मेटे झै तृप्‍त पर्थ्यो 

तीजको लै बरीलैले 

फुटेका कुर्कुच्चा ,कलेटी परेका ओठ

चिप्रा परेका आँखा सबले बिश्राम पाउथे 

र तीज तीज जस्तो हुन्थ्यो 

बिशेष हुन्थ्यो 

विश्वाश सद्भाव आस्था बोकेर 

सखिहरु सँग भिर पाखा पखेरुमा 

पोखेका दुखेसाका भोगाइले 

भाखा छोप्थे 

र तीजलाई अलग्गै रौनक थप्थ्यो 


समयको गति सँगै उर्लिएको बाडीमा 

कसरी कसरी मिसिएको आफ्नोपनको 

बिकारलाई एकनास नियली रहेकी माइली 

आँफैले आँफै श्पर्श गर्छे


आज तीज किन लय बिग्रिएको 

कर्कश भाखा जस्तो भयो ?

कहाँ गयो होला मौलिकपन ?

यही प्रश्नलाई प्रति प्रश्न गर्दै थिए 

तिरमिराएका उस्का आँखा अगाडि उभिएका 

केही भद्दा केही भडकिला शब्य दृष्‍यहरु 

तछाडमाछाड गरीरहेका अर्धनग्न शरीरहरु 

मातिएका र लर्बरिएका अबचेतन मनहरु

जस्ले 

धर्म सस्कृति रितीरिवाजको प्रतिनिधित्व गर्दै छन 

हाम्रो मौलिक परम्परा आयतन नाप्दै

Thursday, January 22, 2026


न म घाम उदाएको, न अस्ताएको देख्छु,

मेरो खुशी पनि नियतीले निभाएको देख्छु।


न म घाम अस्ताएको, न उदाएको देख्छु,

मेरो जिन्दगीको चाल सुस्त आएको देख्छु।


अचेल किन उजाड छ यो मनको बगान,

बसन्तमै फुलहरू मुर्झाएको देख्छु।


कस्ले चलायो कुन्नि यो जिन्दगीको गति,

जता पुर्‍यायो, तेतै अन्धकार छाएको देख्छु।


चाहनाका सीमा कस्ले थुनिदियो यहाँ,

मेरा सपना पनि लगाम लगाएको देख्छु।


अलिकति जोश मनमा हुर्किनै नपाई,

दायाँ–बायाँ आफ्नै छायाँ झस्काएको 


Sunday, January 4, 2026

शायद एउटा आशा जस्तो हरियो साउनलाई जिस्काउदै कृतिम हरिया चुरा पोते र पहिरणमा माइलीको वस्तिमा बिकृती बोकेर तीज छिर्न थालेको पनि धेरै भएछ उ सम्झिन्छे कोशौ पर माइतीको आगनमा दु:खजेलो गरी पाकेको दर र त्यसले बोकेको आत्मियता कामको बोझले थिलथिलिएको शरीर टुसुक्क बिसाएर रात भरी आमा सँग पोखेका दुखेसाहरु र आमाका स्नेह बेरिएको श्पर्शले सुम्मुमाएका माथा अभावमा पिल्सिएका सपनाका बिस्कुनहरु आशाको आँचमा सुकाएर एकसरो खुशी नओसियोस भनेर बुवाले थपिदिएको उर्जा र भरोशा एउटा प्यासीले प्यास मेटे झै तृप्‍त पर्थ्यो तीजको लै बरीलैले फुटेका कुर्कुच्चा ,कलेटी परेका ओठ चिप्रा परेका आँखा सबले बिश्राम पाउथे र तीज तीज जस्तो हुन्थ्यो बिशेष हुन्थ्यो विश्वाश सद्भाव आस्था बोकेर सखिहरु सँग भिर पाखा पखेरुमा पोखेका दुखेसाका भोगाइले भाखा छोप्थे र तीजलाई अलग्गै रौनक थप्थ्यो समयको गति सँगै उर्लिएको बाडीमा कसरी कसरी मिसिएको आफ्नोपनको बिकारलाई एकनास नियली रहेकी माइली आँफैले आँफै श्पर्श गर्छे आज तीज किन लय बिग्रिएको कर्कश भाखा जस्तो भयो ? कहाँ गयो होला मौलिकपन ? यही प्रश्नलाई प्रति प्रश्न गर्दै थिए तिरमिराएका उस्का आँखा अगाडि उभिएका केही भद्दा केही भडकिला शब्य दृष्‍यहरु तछाडमाछाड गरीरहेका अर्धनग्न शरीरहरु मातिएका र लर्बरिएका अबचेतन मनहरु जस्ले धर्म सस्कृति रितीरिवाजको प्रतिनिधित्व गर्दै छन हाम्रो मौलिक परम्परा आयतन नाप्दै

 शायद एउटा आशा 

झिनो सपनाभित्र लपेट्दै 

एक हुल  निरीह 

खाली पेटहरु 

भोकको ज्वाला निभ्छ कि भनेर 

नयाँ वर्ष कुरिरहेकाछन् होला 


भविष्य चर्न 

मरुभूमिमा पुगेका 

कर्मठ हातहरु

जहान परिवारको खुशी खोज्न 

तातो रापमा भौँतारिन पर्दैन कि भनेर 

नयाँ वर्ष कुरिरहेकाछन् होला 


र यो कुराइमा 

आफ्नै माटो, आफ्नै बोली 

आफ्नै कुटो र कोदालो 

बाँझो जोतिरहेको  हली 

आफ्नै कला र संस्कृति

आपसी सद्भावमा घोली 

निराशालाई चिर्दै 

झुल्कन्छ कि कतै नयाँ कीरण 


चर्का र भद्दा बोलीले टट्याएका सपना 

आश्वासनले रन्थनिएका भरोसा 

बेरोजगार मथिङगलहरु माथि मडारिदा 

सचेत भएर अब त 

स्वविवेकका आभाहरु 

छरिन्छन्  कि गाउँ वस्तिहरुमा 


आस्थाका धरोहरहरु माथि 

उरन्ठेउला जोश फिँजेर 

आफ्नै अस्तित्व स्वाहा गरि

आगो ताप्नेहरु 

ब्युँझिन्छन् कि पस्चाताप 

होमादीमा 

र रच्छन् कि फेरि माटोको नयाँ इतिहास 


यसैले 

नयाँ वर्षको शुरुवातदेखि    

वादको माद भन्दा अपनत्व बोलोस् 

पक्ष-विपक्षको

बक्र रेखा 

कोर्नु भन्दा 

सद्भाव, माया प्रेम हुर्कियोस् 

आफ्नो माटाे आफ्नै हुन्छ 

पौरखको पसिनाले 

देशको  भविष्य सिँचियोस् 


नयाँ वर्षको शुभकामना!

Sunday, December 7, 2025

 सुन्दर स्निग्ध तिम्रो सौन्दर्य जस्तै       

तिम्रो पारी उभिएको हिम स्रिखलामा 

चिसो हावा भएर 

मलाई पनि बयली खेल्न मन लागेको छ 

यो भिड कोलाहल कृतिम बस्तीमा 

जबर्जस्ती थुनिएका उकुसमुकुस कथालाई 

पाजेर अलिकती त्यो घामको झुल्कोमा 

जीवनमा ओसिएको उर्जालाई 

गति दिन मन लागेको छ ।  

मन त हो 

लोभिन्छ सुन्दरतामा 

लोभिन्छ सालीनतामा 

र अहिले लोभिरहेको छ 

तिम्रो आँखाले छोएको हिम श्रिंखलामा 

तिम्रो मुस्कानले श्पर्श गरेको पथका 

पोथा पोथ्रीहरुमा 


प्रात कालको पहिलो प्रहर 

काश! तिमी सँगै                                         

दुई पाइला छुन पाएको भए 

मेरो मनमा पनि 

पवित्र मन्दिरको 

घण्टीको ध्वनीमा तरङित भएका कम्पनहरु 

तिम्रो स्पन्दन छुदै 

शन्तिका परेवा बनेर 

फुरफुर कति अलहित भएर उडदा हुन 

म यही कल्पनामा तिम्रो कल्पना गरिरहेकोछु

Friday, November 21, 2025

 तिमी मेरो हैनौ थाह छ मलाई 

फेरि पनि तिम्रै चाह छ मलाई 


तिम्रो मेरो कथा बुझ्न सक्ने को छ 

मन भरि कति डाह छ मलाई 


उडान भर्छ तिमी तिरै यो मनले 

टाढा हुने नत राह छ मलाई 


कैले  ओठ बोल्छ कैले बोल्छ आँखा 

अदा होस् या नखरा वाह छ मलाई 


तिमी मेरो पूजा भगवान नि तिमी 

तिम्रो लागि सदा श्रदा छ मलाई 

Thursday, September 25, 2025

 सोचेको थिइन परदेशमा म पनि भासिन्छु 

स्वाभिमानै बन्धकीमा राखी यसरी मासिन्छु 


सपनाका शहरमा रहरहरु नि बाँझो भए 

के थाहा खडेरी पर्छ भाग्यमा र म नासिन्छु


यो जिन्दगी पनि कति घिसार्नु कहाँ घिसार्नु 

अघि बढदैनन पाइला लिसो छ कि टाँसीन्छु 


बिर्सियो भन्छन माटो ताना मार्छन् आफ्नै मान्छे 

पर्दा देश बोक्छु तर बिदेसीको हारमा गाँसीन्छु 


सगोलमा छु भूगोलको रेखाले मनलाई छेक्दैन 

भावनाको सिमा मिच्यो भन्दै किन फेरि तासिन्छु