मेरो रुख़ कार्बनडाईअक्साइड फालीरहेछ
अक्सिजनको प्यासमा
काकाकुल बनेको
मेरो खन्डहर बस्ती
एक झोक्का ताजा हावा नपाएर
निसास्सिएको पनि धेरै भो
प्रकृतिको निती र बिधान बिरुद्द
बुढो कुरुप शहर
धुवा धूलो र तुवालोको जुलुसमा
बिछिप्त भएको पनि धेरै भयो
बिचरो भिडले थिचिएको
अक्रान्त र शिथिल
जवानीमै बुढो भएको यो शहर
उषाको लालिमा पोतिन नपाइ
मुर्झाएको जवानी बोकेर झन
पहेलिदै छ
यही शहरमा किन हो
यो आकाशको सुर्य पनि
हर किरणमा बिकिरण छर्केर
अवरुद्द गरिदिन्छ रुखलाई
र भोक भोकै बस्छ
एक गाँसको आशमा बसेको भोकमरी झै
कुपोषित र बिशाक्त भोजनले
जर्जर बनेको
लय न मिलेका कुरुप रुखहरु
भोकले रन्थनिदा
निल्छन जे पायो तेही
पथ्थरको बगरमा एकाध उम्रिएका
मेरो तालुको छिटफुट कपाल जस्तै
र त
ओक्सिजनको साटो
कार्वनडाइओक्साईड फालीरहेछ
No comments:
Post a Comment