Wednesday, May 1, 2013


तिम्रो मेरो सम्बन्धको नत कुनै नाम थियो
मुटु भित्र थियौ नत कुनै छलछाम थियो

चियो चर्चा धेरै गरे शायद मन्मा डर भरेँ
हाम्रो कुरा काट्ने एकथरीको  काम थियो

पाप पुन्य के थ्यो हाम्रो माया बदनाम भयो
सबको कान भर्ने चाँही छुरा बोक्ने राम थियो

न आधार न आकार सबैतिर हल्ला चल्यो
मानौ अरुलाई पोल्ने हाम्रो माया घाम थियो

मन्दिर मुर्ती पूजा पाठ ,भ्रम हो कि धर्म कुन्नी
तिम्रो दिलमा धाँए मैले तेही मेरो धाम थियो

अरु कोही मन्मा थ्यो कि भर हट्यो मेरो फेरि
परपर भाग्न थाल्यौ शायद यही रोकथाम थियो

No comments: