Wednesday, May 22, 2013


बोल्छ भन्छन नजर पनि,मैले नबुझेका बात छन कि कतै
नबोलेरै भन्नु पर्ने,तिम्रा मन्मा चाहका खात छन कि कतै


लजाएर जब हेर्छ्यौ, काउकुती लागे जस्तो हुन्छ किन
हल्का चढछ नशा फेरि,ति आँखामा मातै मात छन कि कतै

टोलाएर हेर्छ्यौ जब,जुधेँ आँखा रातो पिरो हुन्छ्यौ फेरि
आशा लाग्न थाल्यो मलाई नि सुमसुमाउने हात छन कि कतै

खोजिनिती धेरै गर्छयौ ,लुकिछिपी बाटो कुरी बस्छ्यौ रे
अहिले सम्म नभोगेको,मेरो पनि रंगिन रात छन कि कतै

No comments: