Friday, January 10, 2014

थाहा छैन तिम्ले अन्तै तिर नाता जोड्यौ कि
मलाई दिन्छु भन्थ्यौ मुटु अरु सितै छोड्यौ कि

पर पर हुन्छ्यौ अचेल नजिक पर्न खोजे पनि
देउता छोइ खाको बाचा कसम सबै तोड्यौ कि

टोलाउछ्यौ ,लोलाउछ्यौ एकोहोरो हुन्छ्यौ किन
बीर्सी कतै मेरो दिल्को बाटो अन्तै मोड्यौ कि

कती फुले मन्को बाग् मा भाबनाका रंगहरु
भात्काएर मेरो बाग ,आर्का बाग गोड्यौ कि

No comments: